भूकम्प गएको चार वर्ष बित्यो, कस्तो छ गुल्मीको पुर्नःनिर्माणको अवस्था

रिपोर्ट नेपाल | 2019 Apr 25 | 06:18 pm 4010

  • डि.बि खड्क

गुल्मी, वैशाख १२: आज विनाशकारी भूकम्प गएको चार वर्ष बितेको छ । २०७२ साल वैशाख १२ गते अर्थात् आजकै मितिमा गोरखाको बारपारक केन्द्र भई गएको विनाशकारी भूकम्पका कारण धेरै ले अकालमै ज्यान गुमाए भने हजारौँ घाइते अपाङ्ग भएका छन् ।

गुल्मीमा पनि त्यस विनाशकारी भूकम्पका कारण मानवीय क्षेती नभए पनि भौतिक रूपमा भने ठुलो क्षेती व्यहोर्नूपर्यो । जिल्लाको हाल कालीगण्डकी गाउँपालिका, मुसिकोट नगरपालिका र धुर्कोट गाउँपालिका ले सबै भन्दा धरै क्षेती व्होर्नुपर्यो ।

गुल्मी जिल्लामा अहिले सम्मको तथ्याङ्कलाई नियाल्द चार हजार एक सय ४४ घरमा पूर्ण रूपमा क्षेती भएका थिए भने एक सय १३ वटा विद्यालय भवनमा क्षेती पुगेको थियो । चार हजार एक सय ४४ घर मा पूर्ण रूपमा घर क्षेती भए पनि अहिले सम्म मात्र एक हजार र एक सय २९ घर पूर्ण रूपमा सम्मपन्न भएका छन् अर्थात् एक हजारर एक सय २९ घर परिवारले मात्र तेस्रो किस्ता को रकम लिएका छन् ।

गुल्मीमा पहिलो किस्ता स्वरूप पाउने पचास हजार रकम तिन हजार नौ सय ५२ जनाले लिएका छन् भने दोस्रो किस्ता स्वरूप पाउने एक लाख पचार हजार रकम दुई हजार तिन सय ५१ जनाले लिएका छन् ।

त्यस्तै अन्तिम तथा तेस्रो किस्ता स्वरूप पाउने एक लाख रकम एक हजार एक सय २९ घर परिवारले लिएका छन् ।

त्यसैगरी सवलीकरणका १ सय ९५ घर परिवार मध्ये २२ घर परिवारले राहत रकम लिएको पुर्नःनिमार्ण प्राधिकरण गुल्मीका निमित्त कार्यालय प्रमुख दधिराम मरासीनीले जानकारी दिए । त्यस्तै दुई जना भूकम्प पिडतिले राहत रकमको पहिलो किस्ताको रकम फिर्ता गरेका छन् ।

सरकालले दिएको तीन लाख राहत रकमले सरकारले भने अनुरूप घर बनाउन नसकिने हुदां रकम फिर्ता गरेको र क्रमशः किस्ता लीनेको सङ्ख्या पनि घट्दै गएको पुर्नःनिमार्ण प्राधिकरण गुल्मीको आकलज छ ।

त्यस्तै जिल्लामा क्षेती भएका १ सय १३ वटा विद्यालय मध्ये सरकारले ४३ वटा विद्यालयमा मात्र रकम विनियोजन गरी अहिले सबै विद्यालय भवन निर्माण धीन अवस्था रहेको र यही आर्थिक वर्षमा सम्पन्न गर्न लक्ष्य रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.