भुकम्प पिडितको उद्दार कार्यमा नेपाली सेना

रिपोर्ट नेपाल | 2022 Nov 09 | 03:01 pm 1237

काठमाडाैं, कात्तिक २३ः बुधबार बिहान खप्तड ईलाका केन्द्र बिन्दु बनाई गएको ६.६ रेक्टर स्केलको भुकम्पका कारण डोटी जिल्ला, पूर्वीचौकी गाउँपालिका वडा नं.३ स्थित गैरागाउँमा जनधनको क्षति भएको हुँदा उक्त स्थानमा नेपाली सेनाको खोज तथा उद्दार टोली तत्काल परिचालित भई जिल्लास्थित अन्य सुरक्षा निकाय तथा स्थानीयवासीहरुको सहयोगमा भुकम्पमा परी मृत्यु भएका ६ जनाको शव निकाल्नुका साथै भुकम्पमा परी घाईते भएका ७ जनालाई तत्काल उद्दार गरी जिल्ला अस्पताल डोटी लगिएको ।

उक्त घाईतेहरु मध्ये गम्भिर अवस्थाका २ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको जानकारी गराईएकाे छ ।

नेपाली सेनाको उद्दार टोलीद्वारा जिल्ला रेडक्रस सोसाईटी, डोटीसंग आवश्यक समन्वय गरी भुकम्प पीडितहरुका लागि आवश्यक खाद्यान्न, त्रिपाल, कम्बल, लत्ता कपडा, भाँडावर्तन लगायतका राहत सामग्रीहरु समेत वितरण गरिएको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.