भुकम्प पछि बन्द भएको तातोपानी नाका खुल्यो

| 2023 Sep 01 | 12:18 pm 1365

काठमाडौं, भदौ १५ । २०७२ सालको भूकम्प पछि बन्द भएको चीनसँगको उत्तरी सीमानाका तातोपानी आजदेखि खुलेको छ ।

गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको  बैठकको सहमति अनुसार स्थानीय सर्वसाधारणलाई आवतजावत सहज बनाउन नाका खुला गरिएको हो ।

विसं २०७२ को महाभूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकामा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो। नाका खुला भएसँगै सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन्।

तातोपानीको पारिपट्टिको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानीमा रहेको अध्यागमन कार्यालयले पास वितरण गर्ने र तत्कालका लागि  चीनले खासा बजारसम्म जाने अनुमति दिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.