भुकम्पको हल्लाले मुगुका सर्वसाधारण रातभरि घर बाहिरै

| 2023 Jan 30 | 07:41 am 1609

मुगु, माघ १६ः आइतबार राती १२ बजेबाट भुकम्प आउ छ भन्दै अफबहा फैलाएपछि मुगु सदरमुकाम गमगढी एवम् छायाँनाथ रारा नगरपालिका आसपासका स्थानीयबासी घर छोडेर सडक र खुल्ला ठाँउमा बस्न बाध्य भएका छन् ।

सदरमुकाम गमगढीबासी त्यसका आसपासका गाउँ चैन, ढुम, तुम, भामबाडा, छत्यालबाडा, कार्कीबाडालगायत छायाँनाथ रारा नगरपालिकाका सबै गाउँलेहरु भुकम्प आउदै छ रे भन्दै चिसो रात काटेका छन।

जिल्ला प्रहरी कार्यालय मुगुले कुनै जानकारी नभएको आफबाह फैलाएको बताएको छ। त्रसित सर्वसाधरणलाई हल्लाकाे पछि नलाग्न भुकम्प बिभागले आग्रह गरेको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.