भीषण हावाहुरी र चट्याङबाट भारतमा कम्तीमा ७८ को मृत्यु

रिपोर्ट नेपाल | 2019 Apr 18 | 04:11 pm 1984

काठमाडाैं,  वैशाख ५ : भारतका विभिन्न राज्यमा आएको भीषण आँधी र चट्याङले बुधबार कम्तीमा ७८ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी राजस्थान र उत्तर प्रदेश प्रभावित भएका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार राजस्थानमा चट्याङले चार बालबालिकासहित ११ को ज्यान गएको छ । भारतको गुजरात र अहमदावाद राजकोट, पटनालगायत अन्य कैयौं जिल्ला आँधीबाट प्रभावित छन्।

भारतको मौसम तथा जलवायु विभागले बिहीबार देशका अधिकांश भागमा भारी वर्षा हुने अनुमानगरेको छ। भारतका मध्यक्षेक्रमा धूलोसहितको शत्तिmशाली हावाहुरी र भारी वर्षाले तरकारी र गहुँ खेतीमा क्षति पुगेको छ । मध्य प्रदेश र राजस्थानका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यत्त गरेका छन् ।

ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहतस्वरूप २ लाख र घाइतेलाई ५० हजार भारु तत्काल दिने घोषणा गरेका छन् ।गत वर्षको वैशाख २० मा पनि यस्तै शक्तिशाली हावाहुरीले राजस्थान र उत्तरप्रदेशमा सय जनाभन्दा बढीले ज्यान गुमाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.