भीर मौरीको मह खाँदा धादिङमा १० जना बिरामी

रिपोर्ट नेपाल | 2019 May 06 | 06:31 am 3652

धादिङ, वैशाख २३: उत्तरी धादिङको रुविभ्याली गाउँपालिका– ४ बोराङमा भीर मौरीको मह खाँदा १० जना बिरामी भएका छन् ।

बिरामीपर्नेमा २० वर्षीय हिमाल विक, ५२ वर्षीय नोप्चा लामा, ६२ वर्षीय च्याजोम तामाङ, २४ वर्षीय लालु विक, १५ वर्षीया सुष्मा तामाङ, १६ वर्षीय मे लामा तामाङ, ५५ वर्षीय कान्छा लामा तामाङ, हन्दिुङ निवासी ३५ वर्षीय तेसमान तामाङ र ४२ वर्षीया मेञ्जित माया तामाङ, ५२ वर्षीय चोकबहादुर तामाङ, रहेका छन् ।

बिरामीमध्ये तेसमान र कान्छा लामाको अवस्था गम्भीर रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनीहरुलाई उपचारका लागि हेलिकप्टरको सहायताले काठमाडौँ लगिएको छ ।

सामान्य बिरामी परेका अन्य आठ जनाको बोराङ स्वास्थ्य बिन्दुमा उपचार भइरहेको छ । आजको नेपाल समाचारत्रमा ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.