भीरबाट लडेर सोलुखुम्बुमा एक महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Mar 03 | 12:09 pm 2007

सोलुखुम्बु, फागुन २०: घाँस काट्ने क्रममा भीरबाट लडेर सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका–८ मा एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा साविक देउसा गाविस–८ की ५८ वर्षीया उत्रकुमारी राई रहेकी छन् ।

उनी घर नजिकै रहेको मुल्ठा भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए।

प्रहरीका अनुसार सोमबार दिउँसो पति ऐश्र्यकुमार राईसँगै घाँस काटने क्रममा भीरबाट चिप्लिएर लडेको बुझिएको हो।

लडेर बेपत्ता भएकी उनको शव मंलबार बिहान ८ बजे करिब २ सय मिटर तल भीरमा अड्किएको अवस्थामा भेटिएको थुलुङदुधकोशी–७ का वडाध्यक्ष राम संघर्ष किरातीले जानकारी दिए।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.