भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2022 Nov 26 | 05:38 pm 2573

बैतडी,मंसिर १०: बैतडीको पुर्चौडी नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

पुर्चौडी-६ खठायतगाउँकी ३२ वर्षीया लिला खडायतको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो।

शनिबार दिउँसो ३ बजेको समयमा खर काट्ने क्रममा भकरेडीमाणौ नजिकैको भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय लक्ष्मण बोहराले जानकारी दिए।

मृतक लिला खडायतका २ छोरी एक छोरा छन्। श्रीमान रोजगारीका सिलसिलामा भारतमा छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.