भीरबाट लडेर पूर्वी रूकुममा दलित महिला जनप्रतिनिधिकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Jun 18 | 02:39 pm 2145

रुकुम पूर्व, असार ४ः बुधबार साँझ भीरबाट लडेर पूर्वी रूकुम भुमेगाउँपालिका–४ की दलित महिला सदस्यको मृत्यु भएको छ।

भुमे–४ काडाबाट गाउँपालिकाको कार्यालय खाबाङवगरतर्फ जाँदै गर्दा दलित महिला वडा सदस्य धनकुमारी कामीको मृत्यु भएको हो।

वडा सदस्य कामी रेलगैडा भन्ने ठाउँमा सडकबाट भीरमा खसेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उद्धार गरेर अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सुचना अधिकारी प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए।

उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल रुकुमकोटमा ल्याइरहेको र पोष्टमार्टमपछि घटनाको थप अनुसन्धान हुने प्रहरी निरीक्षक गुरुङले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.