तनहुँ, भदाै १२ः भीरबाट लडेर तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका–२ सीमलभञ्ज्याङ निवासी ६७ वर्षीय नैनसिंह थापा रहेका छन् । उनको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहीबार दिउसो गोरु चराउने क्रममा सीमलभञ्ज्याङको भीरबाट खसेर गम्भीर घाइते भएका थापाको उपचारका लागि लग्दै गर्दा बाटोमा नै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।