भीरबाट लडेर एक वृद्धको मृत्यु

रिपोर्ट नेपाल | 2021 Mar 31 | 09:07 am 2329

मकवानपुर, चैत १८: भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका-६ सिलिङ्गेका ७० वर्षीय भीमबहादुर प्रजा रहेका छन् ।

प्रहरीका अनुसार उनकाे मंगलबार भीरबाट लडेर मृत्यु भएको हो। उक्त घटनाबारेमा अनुसन्धान भइरहेको र अहिले शवको मुचुल्का उठाउन ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको टोली घटनास्थलमा गएको प्रहरीले बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.