गुल्मी, वैशाख २९: जिल्लाको मदाने गाउँपालिका–५ स्थित गौडापरी भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउकै स्थानीय ३७ वर्षीय शिव परियार रहेको प्रहरीले जानकारी दिए ।
शनिबार साँझ भारतबाट घर आउने क्रममा भीरबाट लडेर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार, युवक भिरबाट खस्दा करिब १ सय ५० मिटर तल पुगेको बताए । परियारको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको जनाए ।