भीरबाट लडेर एक जनाको मृत्यु

रिपोर्ट नेपाल | 2019 May 19 | 02:50 pm 2308

संखुवासभा, जेठ ५ : भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। भोजपुरको षडानन्द नगरपालिका–१ सोगुबोटेमा गत शनिबार एक वृद्धाको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा संखुवासभाको सभापोखरी गाउँपालिका-४ का बृद्धिमान तामाङ रहेका संखुवासभा प्रहरीले जनाएको छ।

गत शनिबार दिँला बजारबाट डोकोमा किराना पसलको सामान बोकेर नेपालेडाँडा जाँदै गरेका तामाङ साँगुबोटे भीरबाट लडेर मृत्यु भएको हो। तामाङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.