बैतडी, असाेज ११: गाेठालाे गर्न गएका एक किशाेरकाे भीरबाट लडेर ज्यान गएकाे छ। ज्यान जानेमा हुनेमा पाटन नगरपालिका ८ धारीका १४ वर्षीय सुनिल महरा रहेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।
जंगलमा बाख्रा चराउन गएका बेला त्यहाँका धारी भन्ने भीरबाट लडेर उनको ज्यान गएको हो। उक्त घटना शुक्रबार बेलुका ५ बजेतिर भएकाे थियाे ।
लडेर गम्भीर घाइते भएका किशोरको शनिबार बिहान उपचारको क्रममा डडेल्धुरा अस्पतालमा निधन भएको हो। त्यसैगरी गत भदौ ३० गते पनि घाँस काट्ने क्रममा भीरबाट लडेर बैतडीको सिगास गाउँपालिका ८ पुतलीपुरकी १४ वर्षीया नारुली बोहराको ज्यान गएको थियो।