भीमदत्तमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र

रिपोर्ट नेपाल | 2018 Nov 05 | 11:04 am 2450

कञ्चनपुर, १९ कात्तिक : कञ्चनपुरको भीमदत्त नगरपालिका–८ मा प्रस्तावित एकीकृत फोहरमैला व्यवस्थापन केन्द बनाउने तयारी शुरु गरेको छ ।

नगर प्रमुख सुरेन्द्र विष्टका अनुसार क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत एकीकृृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि यसअघिको नगरपालिका स्तरीय सर्वदलीय संयन्त्रले छनोट गरेकै स्थानमा केन्द्र निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको हो । स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाले यसअघि प्रस्ताव गरिएको स्थानमा केन्द्र बनाउने गरी तयारी अघि बढाएको हो ।
केन्द्र निर्माणका लागि राजनीतिक दल, स्थानीय जनप्रतिनिधिसँग छलफल कार्यक्रम गरिएका छन । राजनीतिक दल एकमत भएर स्थानीय समुदायमा जाने भएका छन् ।

नगर प्रमुख विष्टले राजनीतिक दलको सर्वदलीय संयन्त्रले गरेको निर्णयका आधारमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि पहल गरिएकाले सबै दलको सहयोग पाउने आशा राखिएको बताए ।

क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत ३६ दशमवलव ५ किलोमिटर पक्की सडक, एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र र प्रदूषित पानी प्रशोधन गर्ने कार्यक्रम समावेश गरिएका छन । अहिले सडकको सर्भे कार्य भइरहेको छ भने केन्द्रका लागि छलफललाई निरन्तरता दिइएको छ ।

प्रतिपक्षी नेपाली कांग्रेसका जिल्ला सचिव दिवाकर पाण्डेयले फोहरमैला व्यवस्थापन समान्य विषय नभएकाले स्थानीयसँग छलफल गरी जानुपर्ने र त्यसका लागि पार्टीले साथ दिने बताए ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य राजेन्द्रसिंह रावलले आयोजनाबाट स्थानीय समुदायलाई पाउने लाभमा सहमत गराएर जानुपर्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.