भिरबाट लडेर युवा संघ नेताको मृत्यु

रिपोर्ट नेपाल | 2021 Aug 28 | 04:51 pm 1801

बैतडी, भदाैं १२ः भिरबाट लडेर गम्भीर घाइते भएका युवा संघ नेपाल बैतडीका सदस्य विजय भाटको उपचारको क्रममा मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका– ५ दमरखोली घर भएका ३० वर्षीय भाटको उपचारको क्रममा शुक्रबार धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो ।

बिहीबार साँझ सदरमुकामबाट घर फर्कने क्रममा कलुवाड मोडबाट लडेर भाट घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । मृतक भाटका एक वर्षका छोरा र २२बर्षकी श्रीमती छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.