भिरबाट लडेर एक पुरुषको मृत्यु

रिपोर्ट नेपाल | 2023 May 12 | 01:30 pm 1449

तनहुँ, बैशाख २९ः  मिति २०८०।०१।१७ गते बेलुकी घर नजिकै रहेको सुदेखोला सात बिसे सामुदायिक बनमा घास काट्न जान्छु भनि निस्किई हिडेका तनहुँ व्यास नगरपालिका वडा नं. ९ गजौडे बस्ने बर्ष ५९ को सुरेश कुमार गुरुङकाे मृत्यु भएकाे छ ।

हराएको भनी जिल्ला प्रहरी कार्यालय तनहुँमा जानकारी पश्चात यस कार्यालय तथा तालुक गण्डकी प्रदेश प्रहरी कार्यालयबाट कुकुर समेतको प्राबिधिक टोलीले खोजतलास गर्दा समेत फेला नपरेका गुरुङ मिति २०८०।०१।२८ गते तनहुँ व्यास नगरपालिका वडा नं. ९ गजौडे स्थित सुदेखोला सात बिसे सामुदायिक बनमा १ सय ११ फिट तल भिरबाट लडी मृत अवस्थामा फेला परेको हाे । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक राजकुमार बि.क.ले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.