जुम्ला, वैशाख १२ : भिरबाट लडेर जुम्लामा आमा छोराको मृत्यु भएको छ । वनमा गाई चराउन जाँदा जुम्लाको तातोपानी गाउँपालिका, ७ की ३२ वर्षीय लक्ष्मी रावत र उनका एक वर्षीय छोरा सुभाष रावतको बुधबार लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक प्रकाश केसीले छोरालाई बोकेर गाई चराउन गएका बेला लड्दा दुवैको मृत्यु भएको हुन सक्ने बताए । शवलाई पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल लगिएको प्रहरीले जनायो ।