भिरबाट खसेर वृद्धको मृत्यु

| 2021 Nov 07 | 07:08 am 2093

तनहुँ, कात्तिक २१ः तनहुँको शुक्लागण्डकी नगरपालिका–२ एक्लेफाँटमा भिरबाट खसेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ७६ वर्षीय डिलबहादुर पुन रहेका प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको एक्लेफाँट भिरबाट करिब ७० फिट तल खस्दा पुनको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.