भिजिट भिषामा बिदेश पठाई दिने भनि नक्कली कागजात बनाउने थप ४ जना व्यक्तिहरू पक्राउ

| 2023 Nov 06 | 04:34 pm 2069

काठमाडाैं, कार्तिक २० । भिजिट भिषामा बिभिन्न देशमा पठाई दिने भनि नक्कली कागजातहरू बनाउने कार्यमा संलग्न थप चारजना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

यस अघि बल बहादुर रावत  समेत ४ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहिको लागि प्रहरी वृत्त, महाराजगंज पठाईएकोमा उक्त कार्यमा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको हुन सक्ने देखिएकोले सो सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा अनिष अमात्य, गोपाल रिजाल, पशुपती मैनाली र सागर चापागाई समेतको संलग्नता देखिएकोले उनीहरूलाई विभिन्न व्यक्तिहरूको नामको नक्कली शैक्षिक प्रमाण पत्र, बिभिन्न सरकारी कार्यालयका होलो ग्राम, ल्यापटप, प्रिन्टर र सरकारी कार्यालयको छाप थान-२३० सहित काठमाण्डौका विभिन्न स्थानहरूबाट  पक्राउ गरिएको काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयका सुचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जनाएका छन । उनीहरुलाई   लिखत सम्बन्धी कसुर मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहिको लागि  प्रहरी वृत्त, महाराजगंज पठाईएको  छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.