भाेटेवहालबाट जुवाडे पक्राउ

रिपोर्ट नेपाल | 2023 Jun 13 | 01:31 pm 2765

काठमाडौं, जेठ ३० । भोटेवहाल स्थीत  शान्तिमार्गका  शेर बहादुर शेरचनको घरमा जुवातास खेल्ने गरेकाे विशेष सूचनाका आधारमा चेकजाँच गर्दा १३ जना जुवाडे लाइ पक्राउ गरेकाे छ । जुवाकाे खालमा पक्राउ परेका  ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६७ हजार रूपैयाँ, १६ बुक तास, जुवा खेल्न प्रयोग भएको विभिन्न रङ्को कोईन १ सय १९ थान र जुवाको हिसाब राखेको कपीसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.