भावि रणनीति तय गर्न भन्दै चिकित्सक संघले बोलायो आकस्मिक भेला

रिपोर्ट नेपाल | 2019 Apr 10 | 05:48 pm 1682

काठमाडौं, चैत्र २७  :  प्रहरी प्रयोग गरेर बन्द रहेको वीर अस्पतालकाे  टिकट काउन्टर खुलाए लगत्तै चिकित्सक संघले आकस्मिक भेला बाेलाएकाे छ । भावि रणनीति तय गर्न भन्दै  बिहीबारकाे लागि  चिकित्सक संघले आकस्मिक भेला बाेलाएकाे हाे ।

उपत्यकामा भएका सबै अस्पताल, मेडिकल कलेज तथा निजी स्वास्थ्य संस्थाका प्रतिनिधिलाई भोलि २ बजे बोलाइएको महासचिव डा. लोचन कार्कीले जानकारी दिएका छन् ।

संघले चिकित्सकमाथि भएको धरपकडको निन्दा गरेको छ । समायोजनलाई लिएर उत्पन्न समस्या समाधान गर्न वार्ता र सम्वाद गर्नुपर्नेमा चिकित्सक पेशालाई नै मानमर्दन गर्ने गरी अस्वाभाविक अभिव्यक्ति दिने, प्रहरी लगाएर धरपकड गर्ने गरेर चिकित्सकहरुलाई चिढ्याउने काम गरेको चिकित्सक संघको ठहर छ ।

सरकारी चिकित्सकहरुको आन्दोलनका कारण आकस्मिक बाहेकका सेवा ठप्प रहेकाे वीर अस्पताल प्रशासनले बुधबार बिहान प्रहरी लगाएर ओपीडी टिकट बाँडेको थियाे । अस्पताल प्रशासनले ओपीडी टिकट काटेपनि चिकित्सकहरुले भने उपचारमा नजाने बताएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.