भालुले बनायो दुई महिलालाई घाइते

रिपोर्ट नेपाल | 2018 Dec 04 | 11:33 am 2045

बाजुरा, मंसिर १८ : खप्तड छेडेदह गाउँपालिका–४ खातीगाउँका दुई महिला भालुको आक्रमणबाट घाइते भएका छन् । आक्रमणमा परी गम्भीर घाइते भएकी ५२ वर्षीया जलु धामी र १६ वर्षीया शान्ति धामी रहेका खप्तड छेडेदह गाउँपालिका–४ का वडाध्यक्ष हर्क रावतले जानकारी दिएका छन् ।

वडाध्यक्षका अनुसार आक्रमणत्रबाट जलुको आँखामा चोट लागेको छ र अर्का शान्तिको पिठ्युमा चोट लागेको बताए । गाउँ नजीकैको छडीखोलामा घाँस काट्न जानेक्रममा आज बिहान भालुले आक्रमण गरेको हो । घाइते दुवैको गुदुखाती स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि अछामको बयलपाटा अस्पताल पठाइएको रावतले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.