काठमाडौं, असोज ७: अवैध रुपमा वन्यजन्तुको आखेटोपहार खरिद बिक्री तथा ओसारपसार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका वडा नं ७ चावहिल गोपीकृष्ण नगरबाट अवैध रुपमा संरक्षित वन्यजन्तु भालुको पित्त (आखेटोपहार) १ थान् खरिद बिक्री गर्न ओसारपसार गरी ल्याई साथमा बोकी हिडेको अवस्थामा शुक्रबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा जिल्ला सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका वडा नं ६ बस्ने वर्ष २५ को रमित घतानी, जिल्ला सोलुखुम्बु दुधकोशी गाउँ पालिका वडा नं ५ बस्ने बर्ष ३० को सागर तामाङ, जिल्ला सोलुखुम्बु दुधकुण्ड नगरपालिका वडा नं ६ बस्ने वर्ष २२ को सन्त घतानी र जिल्ला सोलुखुम्बु दुधकोशी गाउँ पालिका वडा नं ५ बस्ने वर्ष २८ को मिङमार तामाङ रहेका छन्।
उनीहरुलाई राष्ट्रिय निकुञ्जत तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धी, १९७५ विरुद्दको अपराध बमोजिम आवश्यक कारबाहीको लागि आज आइतबार वन डिभिजन कार्यालय काठमाडौंमा बुझाएको छ।