भालुको आक्रमणबाट डाेटीमा एक बालक घाइते

रिपोर्ट नेपाल | 2020 Nov 07 | 03:06 pm 2526

डाेटी, कात्तिक २२ः भालुको आक्रमणबाट डाेटीकाे दिपायल सिलगढी नगरपालिका–७ पाकरीको टाटापोल्ला टोलमा एक बालक घाइते भएका छन् । घाइते हुनेमा नौ वर्षीय टेकबहादुर पार्की रहेका छन् । भालुले आक्रमण गर्दा बालकको दायाँ हातको पाखुरा, टाउकोमा गहिरो चोट लागेको बताइएकाे छ ।

बालकको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । पाखुराको दुवैतिर शल्यक्रिया गर्नुपर्ने उपचारमा संलग्न जिल्ला अस्पतालका डा सोहम शाहले बताए । घाइते बालकका बुबा शेरबहादुर पार्कीका अनुसार घर नजिकै भालु आएर बालकलाई झम्टिएर घाइते बनाएको हो । यस वडामा वर्षेनी भालुले आक्रमण गर्ने गरेको छ ।

खप्तड राष्ट्रिय निकुञ्जबाट आउने भालु, बँदेलको आक्रमणका कारण जिल्लामा वर्षेनी केहीको मृत्यु हुने गरेको जनाइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.