काठमाडाैं, असार ६ः डिल्लीबजारस्थित रहेकाे सदरखोर कारागारको बाहिरी क्षेत्रकाे जीर्ण भवन शुक्रबार राति भारी वर्षातका कारण भत्किएको छ ।
कारागार प्रशासनका अनुसार उक्त भवनमा ६ सय १२ जना कैही रहेका थिए । उक्त भवन भत्किएपनि कुनै पनि थुनुवा कैदीबन्दी भने भाग्न नपाएका जानकारी गराइएको छ ।
भीआईपी कैदी रहेका सो पूरानो भवनको गाराे भत्किएर विजुलीको तार थिच्दा ट्रान्समिटर पड्किएको जानकारी गराइएको छ । उक्त भवन भत्किएसँगै डिल्ली बजारको बाटो अवरुद्ध भएको छ । उक्त बाटाे जेसीबीको सहायतामा खाली गरिएकाे जनाइएको छ ।
विजुलीको ट्रान्समिटर पड्किएको कारण सो क्षेत्र अहिले अन्धकारमय बनेको छ । उक्त भवनमा भीआईपी कैदीहरु रामचन्द्र प्यासी, पूर्व डीआईजी रञ्जन कोइराला, सांसद रेशम चौधरी रहेका थिए ।