- सन्तोष महतारा
गुल्मी , बैशाख ९ः बाली लगाउने समयको सुरुवात मै आएको अबिरल बर्षाका कारण गुल्मीका केही ठाउँमा मकै सहित थुप्रै बाली नष्ट भएकाे छ ।
जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ छापहिले सहित मालिका आसपासका क्षेत्रमा परेको भारी असिना पानीका कारण बाली नष्ट भएको कृषकहरुले गुनासो गरेका छन् ।
कृषक सुरज विकका अनुसार असिनापानीका कारण भरखरै उम्रदै गरेको मकै, सिमि, आलु, धानको बिउ लगायतका थुप्रै बाली नष्ट गरेको छ । बर्ष भरिकाे खेती नष्ट गरेका कारण आफुहरु धेरै चिन्तित बनेको कृषक पुर्ण बहादुर महताराले बताए ।
कृषक महताराका अनुसार बालीको सुरुवात मै आएको भारी असिनापानीका कारण ठुलो क्षति भएकाे बताए ।
गएको बिहिवार परेको असिना पानीले केही मात्रै असर गरेपनी आइतबार, साेमबार र मङ्गलबार गरी लगातार तिन दिन सम्म परेको असिना पानीका कारण बाली पूर्ण रुपमा नष्ट भई सिङ्गो गाउँमा लाखौंको क्षति भएको मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेका वडा सदस्य टेक बहादुर विकले जानकारी दिए ।
अब मकै खेती सुरु गर्ने सिजन छैन , उम्रिएकाे मकै सबै नष्ट गरिदियो वडा सदस्य विकले भने “प्रकृतिसामु हाम्रो केही लागेन थुप्रै कृषक चिन्तित बनेका छन् ।”
बर्षभरी खेतबारीमा काम गरेर जीविकोपार्जन गर्दै आएका कैयौं कृषकहरू मकैबाली नष्ट हुदा मर्कामा परेका हुन् ।
मालिका सहित आसपासका थुप्रै क्षेत्रमा असिनापानीले बाली प्रभावित पारेको छ । साथै अबिरल बर्षाका कारण छापहिले सहित आसपासका क्षेत्रमा लक्षित गरी राखिएको नेपाल टेलिकमको टावर बिग्रदा नेपाल टेलिकम सिम प्रयाेगकर्ता मारमा परेका छन् । जनप्रतिनिधिसँग सम्पर्क गर्दा केही दिन मै टावर बनाउन पहल गर्ने बताएका छन् ।