भारत लैजाँदै गरेको चरेस सहित २ महिला पक्राउ

रिपोर्ट नेपाल | 2023 May 10 | 07:49 am 1073

कपिलवस्तु, बैशाख २७ः प्रहरीले भारत लैजाँदै गरेको चरेससहित दुई महिलालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयले कृष्णनगर नगरपालिका–२ लिंक गेटबाट १० किलो चरेससहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरीले धादिङ खनियाबास घर भएकी ४९ वर्षीया संगीता तामाङ र धादिङकै सत्यवती घर भएकी ५९ वर्षीया सेती तामाङलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

प्रहरी वरिष्ठ नायब निरीक्षक ऋषिराज पछाई नेतृत्वमा खटेको टोलीले शंकाको आधारमा खानतलासी गर्दा चरेससहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.