भारत लैजाँदै गरेका १० जनाको उद्धार

रिपोर्ट नेपाल | 2019 Jul 19 | 06:56 pm 1700

विराटनगर, साउन ३ : रोजगारीका लागि भारतको काश्मिर लगिदिने भन्दै शंकास्पद गतिविधि गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले भारत लैजान लागेका २ महिलासहित १० जनाको उद्धार गरिएको छ ।

मोरङको उर्लाबारी ४ का २ महिला र ८ जना पुरुषलाई स्थानीय पुडका उराव, उनकी श्रीमती फूलकुमारी र अफिज अन्सारीले भारत लैजान लागेका थिए । राति सीमावर्ती भारतको जोगबनीबाट रेलमा चढेर जाने भनेर त्यहाँ पुर्‍याएको पीडितहरुले बताएका छन् । त्यस क्रममा लैजानेहरुले गोप्य रुपमा आफूहरुलाई भारत लगेर बेचिदिने कुरा गरेको थाहा पाएपछि पीडितहरुले आफन्तमार्फत प्रहरीमा खबर गरेका थिए ।

त्यसपछि टोली परिचालन गरी पीडितको उद्धार र लैजाने खोज्नेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.