झापा, माघ १७: जागिर लगाइदिने प्रलोभन देखाई भारतमा लादै गरेका दुई युवतीको उद्दार गरी भारत लैजाने एक तस्करलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा दोलखा तामाकोसी गाउँपालिका ४ का २१ वर्षीय सुदिप बाबु पोखरेललाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उद्धार गरिएका दुई युवतीलाई पूर्व नाका झापाको मेचीनगर ६ स्थित काँकडभिट्टाबाट उद्दार गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार काभ्रेपलान्चोक घर भएका १७ र २२ वर्षीय युवतीलाई हेल्थ सम्बन्धी तालिम गराई भारतमा जागिरमा लगाई दिने र त्यस बापत मासिक भारु २२ हजार दिने प्रलोभन देखाएर उनीहरूलाई भारत लैजान लागेका बुझिएको छ ।
युवतीका अभिभावकलाई समेत थाहा नदिई पोखरेलले प्रलोभन देखाएर भारत लैजान लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए।
पक्राउ गरिएको पोखरेललाई झापा जिल्ला अदालतमा पेस गरी मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी मुद्दामा चलाएको छ।
उद्दार गरिएका युवतीलाई साना हातहरू भन्ने संस्था काँकडभिट्टाको संरक्षण गृहमा पठाइएको जनाइएको छ।