भारतीय सेनाध्यक्ष पाण्डेद्वारा नेपाली सेनालाई सैन्य सामग्री हस्तान्तरण

रिपोर्ट नेपाल | 2022 Sep 05 | 03:26 pm 1853

काठमाडौं, भदौ २०ः नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई विभिन्न गैर–घातक सैन्य सामग्री हस्तान्तरण गरेका छन् ।

सोमबार भद्रकालीस्थित सैनिक मुख्यालय जङ्गी अड्डामा सेनाध्यक्ष पाण्डेले प्रधान सेनापति प्रभुराम शर्मालाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

यसअघि प्रधान सेनापति शर्मा र सेनाध्यक्ष पाण्डेबीच जङ्गी अड्डामा भेटवार्ता भएको थियो । त्यसपछि सेनाध्यक्ष  पाण्डेले प्रधान सेनापति शर्मालाई गैर–घातक सैन्य सामग्री हस्तान्तरण गरेका हुन् ।

आइतबार नेपाल आइपुगेका पाण्डेको सम्मानमा आयोजित समारोहमा नेपाली सेनाले आजै सम्मान गारत अर्पण गरेको थियो । सो अवसरमा उनले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षारोपणसमेत गरेका थिए ।

त्यस्तै, उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.