काठमाडाैं, पुस ३ः नेपाल सरकार र भारतीय सरकारबीच सम्पन्न Nepal-India Bilateral Consultative Group On Security Issues (BCGSI) को बैठकहरुमा भएको सम्झौता अनुसार दुई देशका सेनाका उच्च तथा मध्यम तहका अधिकृतहरुबाट दुई देशबीच निरन्तर रुपमा स्थलगत अवलोकन तथा अध्ययन भ्रमण (High Level Visit) संचालन गर्ने भनी उल्लेख भएनुसार भारतीय सेनाको Army Training Command (ARTRAC) का Chief of Staff
Lieutenant General JS Sandhu सहितको भ्रमणदल औपचारिक भ्रमणको सिलसिलामा आइतबार काठमाण्डौं आईपुगेका छन् ।
Lt Gen Sandhu सहितको भ्रमणदललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नं.१४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी विनोद खरेलले स्वागत गरेका थिए ।
मिति २०७९ पुस ०३ गतेबाट ९ गते (तदानुसार १८ देखि २४ डिसेम्बर, २०२२) सम्म हुने भ्रमणका दौरान Lt Gen JS Sandhu ले प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मासँग भेटघाट एवं छलफल, कमाण्ड तथा स्टाफ कलेज, नेपाली सैनिक प्रतिष्ठान, नेपाली सैनिक वार कलेज, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण; पश्चिम पृतना हे.क्वा.को भ्रमण, नेपाली सैनिक व्याटल स्कुलको भ्रमण र धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको बताइएकाे छ ।