काठमाडौं, असोज २८ः विगतमा दुवै देशमा भएको बन्दाबन्दीका कारण स्थगित हुन गएको मित्रराष्ट्र भारतका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको कात्तिक महिनामा नेपाल भ्रमणमा आउने भएका छन् ।
यस विषयमा नेपाल सरकार मन्त्रिपरिषदले २०७६ माघ २० गते नै निर्णय गरेको थियो ।
यस भ्रमणकै अवसरमा राष्ट्रपति विद्या देवी भण्डारीद्धारा जनरल नरावणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको बताइएको छ ।