नवलपरासी, जेठ २ : छिमेकी देश भारतको सीमावर्ती भारतीय राज्य महाराजगंज हुने तेस्रो चरणको लोकसभा निर्वाचनका लागि तीन दिन सीमा नाका बन्द हुने भएको छ । निर्वाचनका लागि ज्येष्ठ ३ गते राति १२ बजेदेखि २०७६ ज्येष्ठ ५ गते बेलुकी ६ बजे सम्म नाका बन्द हुने भएकाे हाे ।
नवलपरासीको बर्दघाट सुस्तापश्चिममा अवस्थित नेपाल भारत सीमा नाका बन्द गर्न लागेको जिल्ला प्रशासन कार्यालय नवलपरासीले एक सूचना प्रकाशित गरी जानकारी गराएको छ ।
भारतीय पक्षको आग्रहमा लोकसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर तीन दिन सीमा नाका बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएकाे छ ।