भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ तथा विभिन्न सामाग्री बरामद

| 2021 Sep 26 | 08:50 pm 789

धनुषा, असाेज १०ः जिल्लाको नगराईन नगरपालिका ८ स्थित अकौराबाट सशस्त्र प्रहरीले ४ लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर बताउने ५० वर्षीय रामबावु यादव रहेका छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट देवडियाबाट खटिएको सशस्त्र प्रहरीले उक्त रुपैयाँसहित पक्राउ गरेको हो ।

साईकलमा सवार निज यादवलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त रुपैयाँ फेला परेको हो । पक्राउ परेका यादवलाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।

नहरमा पौडी खेल्ने क्रममा डुवेका दुई जनाको शव फेला
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका ९ स्थित एक नहरमा पौडी खेल्ने क्रममा डुवेका  दुई जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ
। उक्त नहरमा पौडी खेल्ने क्रममा सोही नगरपालिका ९ बस्ने १७ वर्षीय विशाल थारु र १८ वर्षीय सुरेश चौधरी डुवेको भन्ने जानाकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश कर्तनियाबाट सशस्त्र प्रहरी निरीक्षक नवराज शाहीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुको शव उक्त नहरबाट बाहिर निकालेको हो ।

आगलागी नियन्त्रण
मोरङ जिल्लाको सुनवर्षि नगरपालिका ३ अम्मर दहस्थित एक चिउरा मिलमा भएको आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय वासिन्दाले ५ वटा दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सोही ठाउँमा रहेको अरुण कुमार सिंहले संचालन गरेको चिउरा मिलमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा करीव ५० लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताईएको छ ।

सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश सौठाबाट खटिएको सस्शत्र प्रहरी आगालगी नियन्त्रणमा सकृयताकासाथ जुटेको हो ।

चोरीपैठारीको लत्ताकपडा बरामद 
कैलाली जिल्लाको टिकापुर नगरपालिका ८ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीब ६ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोडर आउट पोष्ट खक्रौलाबाट खटिएको सशस्त्र प्रहरी र सती भन्सार कार्यालयका कर्मचारीसहितको संयुक्त टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा सती भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी भारतबाट अवैध रुपले ल्याउँदै गरेको करीव १ लाख ५ हजार रुपैयाँ बराबरको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको सशस्त्र प्रहरीले असोज १० गते बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित सुईयाचोकबाट बरामद गरी भन्सार कार्यालय नेपालगंजमा बुझाईएको छ ।

त्यसैगरी सिरहा जिल्लाको सिरहा नगरपालिका २१ स्थित सीमा ईलाकाबाट करीव १ लाख ३ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लगडीगदियानीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरी भन्सार कार्यालय मार्डरमा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.