भारतीय मिडियाको दाबी- आइएस लडाकु नेपाल हुँदै भारत छिरे

रिपोर्ट नेपाल | 2020 Jan 05 | 05:01 pm 1618

एजेन्सी, पुस २० : आतंकवादी समूह इस्लामिक स्टेट (आइएस) का लडाकु नेपाल हुँदै भारत छिरेको भारतीय सञ्चार माध्यमले दाबी गरेका छन्।

भारतीय गुप्तचर संस्थाले कम्तीमा पनि पाँच आइसिस लडाकु नेपाल हुँदै भारत छिरेको बताएका छन्। उनीहरू भारत छिरेको देखिएसँगै उत्तर प्रदेशको नेपाल बोर्डर नजिकका गोरखपुर, सिद्धार्थनगर, खुसीनगर, महाराजगन्जलगायतमा सतर्कता अपनाउन भनिएको छ।

बस्ती जिल्लाका आइजी आसुतोस कुमारले आइएस लडाकु उत्तर प्रदेशमा छिरेको दाबी गरेका हुन्। भारतीय गुप्तचर संस्थाले दुई जनाको पहिचानसमेत गरिसकेको र उनीहरू ख्वाजा मोनुद्दिन र अब्दुर सामद रहेको जी न्युजले उल्लेख गरेको छ।

पछिल्लोपटक उनीहरू पश्चिम बंगालको सिलगुढीमा देखिएका थिए। सन् २०१७ मा ख्वाजालाई भारतको राष्ट्रिय अनुसन्धान एजेन्सीले चेन्नईबाट पक्राउ गरेको थियो।

ख्वाजा सिरियाबाट फर्किएसँगै त्यहाँका युवालाई आइएसमा भर्ना गरिरहेको आरोप लागाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.