भारतीय नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु

रिपोर्ट नेपाल | 2018 Sep 11 | 04:47 pm 3718

विराटनगर, भदौ २६ : विराटनगर बसपार्क दक्षिण पाञ्चाली मोडमा भारतीय नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । महेन्द्र चौक हुँदै जोगबनीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट एच.आर. ५५ एल.१४१९ नम्बरको मालवाहक ट्रकले को.५.प ३२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रंगेली नगरपालिका निवासी ३० वर्षीया आँसु अग्रवालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार स्थानीय रोडषेश चौकबाट महेन्द्र चौकतर्फ आइरहेको मोटरसाइकललाई विपरीत दिशाबाट जोगबनी गइरहेको ट्रकले ठक्कर दिएको थियो। मोटरसाइकलमा सवार आसुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यसै गरी, उनका श्रीमान् मनोज अग्रवाल र ६ वर्षीया अनिषा अग्रवाललाई भने चोटपटक लागेको बताइएको छ। मनोजलाई स्थानीय विराट नर्सिङ होम र अनिषालाई सप्तकोशी अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। ट्रक चालक भारतको अलिगढ निवासी ३० वर्षीय कमल सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.