भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोराको मृत्यु

रिपोर्ट नेपाल | 2018 Dec 11 | 04:26 pm 1829

दमक, मंसिर २५ : झापाको दमकमा मंगलबार भारतीय मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु भएको छ।

ठक्करवाट मोटरसाइकलमा सवार मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ९ घर भएका ६५ वर्षीइ धनप्रसाद गिरी र उनका २९ वर्षीय छोरा हेमचन्द्र गिरी रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जनाएका छन्।

मोटरसाइकलमा सवार हेमचन्द्र चालक र बुबा धनप्रसाद पछाडि बसेका थिए। ठक्करबाट सख्त घाइते दुवैको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका लागि लैजाने वित्तिकै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ जादै गरेको एचआर २७ जे ०६२५ नम्बरको मालवाहक भारतीय ट्रकले सोही दिशा तर्फ जादै गरेको को.३३ प. ७९४५ नम्बरको मोटरसाईकललाई दमकको पश्चिम बस स्टेण्ड चोक सडक खण्डमा दिउँसो ठक्कर दिएको थियो। प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.