भारतीय क्रिकेटर गौतम गम्भीरले गरे सन्यासको घोषणा

| 2018 Dec 05 | 06:36 am 2021

काठमाडौं, मंसिर १९ : भारतीय क्रिकेटर गौतम गम्भीरले क्रिकेटका सबै संस्करणका खेलबाट सन्यास लिएका छन्। उनी पछिल्लो दुई वर्षयता भारतको राष्ट्रिय टिम बाहिर थिए।

यसैबिच मंगलबार गौतम गम्भीरले सामाजिक संजाल फेसबुकमा एक भिडियो राख्दै सबै किसिमका क्रिकेट खेलबाट सन्यास लिएको जानकारी दिएका हुन्। गम्भीरले सन्यासको सन्देशमा लेखेका छन्, ‘सबैभन्दा मुस्किल फैसला मन भारी बनाएरै लिइन्छन्। यस्तै भावुक अवस्थामा मैले यो फैसला लिएको छु, जसलाई लिएर जिन्दगीभर डर लागेको थियो।’

देब्रेहाते ब्याट्सम्यान गौतम गम्भीरले लामो समयसम्म भारतका लागि टेस्ट, वान डे र टी-२० मा उत्कृष्ट खेलेका थिए। उनले सन् २०११ को विश्वकप भारतले जित्दा फाइनलमा सबैभन्दा बढी ९७ रन बनाएका थिए।

गौतम गम्भीर ३७ वर्षका भएका छन्। उनले सन् २००३ मा बंगलादेश विरुद्ध भारतका लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका थिए। उनले ५८ टेस्ट खेलेका थिए। त्यस्तै खेल जीवनमा १४७ वान डे खेले भने ३७ अन्तर्राष्ट्रिय टी-२० खेलेका थिए।

उनी आईपीएलमा कप्तान रहेको बेला कोलकाता नाइट राइडर्स दुई पटक च्याम्पियन बनेको थियो। यसअघिको आइपिएलमा दिल्ली डेयरडेभिल्सका कप्तान थिए, पछि टिमले राम्रो प्रदर्शन गर्न नसकेपछि बीचबाटै राजीनामा दिएका थिए।

यसो भने गम्भीरले 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.