भारतसँग जोडिएका सुदूरपश्चिमका सबै नाका खुल्ला

रिपोर्ट नेपाल | 2021 Jan 29 | 03:13 pm 2673

काठमाडौं, माघ १६ः कोभिड १९ का कारण बन्द रहेका भारतसँग जोडिएका सुदूरपश्चिमका सबै सीमानाका शुक्रबारदेखि खुलेका छन् । सरकारले देशभरिका ३० नाका खोल्ने निर्णय गरेसंगै भारतसँग जोडिएका सुदुरपश्चिमका ४ नाका खुलेका हुन् ।

गृह मन्त्रालयले सीमा नाका खुला गर्ने निर्णय गरेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । सुदूरपश्चिमका बैतडीको झुलाघाट, दार्चुलाको खलङ्गा/पुलघाट, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, नाका पूर्ण रुपमा खुला गरिएको मन्त्रालयले जनाएको छ ।

नाका खुलेसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरि अब सहज आवतजावत गर्न सक्नेछन् । तर सीमानाकाबाट तेस्रो देशका नागरिकलाई भने प्रवेश अनुमति नदिइएको मन्त्रालयले जनाएको छ ।

नेपाली पक्षको तर्फबाट झुलाघाट नाका खुला रहेको भएपनि भारतीय पक्ष अझै तयार भइसकेको छैन । सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैतदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.