दार्चुला, असोज १९ : दार्चुलाको ब्यास गाउँपालिका ६ का वडा सदस्य जयसिंह खातीको भिरालो बाटोमा चिप्लिएर लड्दा मृत्यु भएको छ।
सदरमुकाम खलंगाबाट भारतीय बाटो हुँदै घर फर्किने क्रममा तिग्रमपूल नजिकैको भारतीय क्षेत्रमा लडेर ६५ वर्षीय खातिको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष मनोजसिंह कुँवरले जानकारी दिए।
भारतीय क्षेत्रमा मृत्यु भएकाले प्रकृया पुर्याएर शव ल्याउने तयारी भइरहेको कुँवरले बताए।
खातीको शवको पोष्टमार्टम कहाँ गर्ने भन्ने विषयमा ब्यास गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकी र भारतीय प्रहरीबीच छलफल चलिरहेको जनाएका छन्।