दाङ, जेठ १९ः भारतबाट फर्केका मानिसहरुलाई लिएर नेपालगञ्जबाट दाङतर्फ गइरहेको यात्रुबाहक बस ट्रकसँग ठाेक्किएर दुर्घटनाग्रस्त हुँदा ११ जनाकाे मृत्यु भएकाे छ भने २२ जना घाइते भएका छन् ।
ना ५ ख ५९९५ नम्बरको साे यात्रुबाहक हाइस (फोर्सगाडी) नामक दिइउकाे मिनीबस आइतबार राति राप्तीसोनारी–२ स्थित जंगल क्षेत्रकाे राजमार्गमा राेकिराखेकाे बा ४ ख ९०६४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटनाकाे भएकाे थियाे ।
अहिले घाइतेहरूकाे नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भैरहेकाे अस्पताल श्राेतले जनाएकाे छ । घटनाकाे थप विवरण आउन बाँकी रहेकाे छ ।