भारतको हैदरावादमा आगलागीमा परी ११ जनाको मृत्यु

रिपोर्ट नेपाल | 2022 Mar 23 | 12:18 pm 1741

हैदरावाद (एजेन्सी), चैत ९: भारतमा हैदराबादस्थित सिकन्दराबादको बोयागुडा नजिकै एउटा स्क्र्याप गोदाममा आगलागी भएको छ। आगलागीमा परेर अहिलेसम्म ११ कामदारको मृत्यु भएको बीबीसीमा समाचार छ।

मृत्यु हुने मजदुरहरु विभिन्न राज्यका थिए ।  अबेर राति आगलागी हुँदा गोदाममा १२ जना कामदार रहेका स्थानीयले बताएका छन् ।

तीमध्ये एक जना कामदार सकुशल भाग्न सफल भएका छन् । यस दुर्घटनाले गहिरो दुःख लागेको बताउँदै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

योसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् । मृत्यु भएका ११ जनामध्ये ८ जना २० देखि ३० वर्षका र दुईजना ३० वर्षभन्दा माथिका र एकजना ४० वर्षका कामदार रहेका प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

दुर्घटनापछि आठ दमकल घटनास्थलमा पठाइएको थियो । अहिले परिस्थिति नियन्त्रणमा छ । आगलागीको कारण भने खुल्न सकेको छैन । गोदाममा रक्सीका खाली बोतल र ग्यास सिलिन्डर पनि फेला थिए। बीबीसी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.