भारतको सबैभन्दा तिव्र गतिको रेल उद्घाटन गरेको दोस्रो दिनमै अवरुद्ध

रिपोर्ट नेपाल | 2019 Feb 16 | 12:13 pm 2159

एजेन्सी, फागुन ३ :  भारतको सबैभन्दा तिव्र गति को रेल ट्रेन १८ शेक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका थिए । ट्रेन १८ को नाम परिवर्तन गरेर वन्दे भारत ट्रेन नाम राखिएको थियो । उक्त ट्रेन उद्घाटनको दोस्रो दिनमै ब्रेक डाउन भएको हो ।

प्रधानमन्त्री मोदीले हरीयो झण्डा देखाउँदै उद्घाटन गरेको ट्रेनले पहिलो दिन भारतको नयाँ दिल्लीबाट बराणसीको यात्रा तय गरेको थियो । तर दोस्रो दिन वराणसीबाट नयाँ दिल्ली फर्कने क्रममा दिल्लीबाट करिब २०० किलोमिटर अगाडि नै ब्रेक डाउन भएको हो । रेलवे स्टेसनका एक अधिकारीका अनुसार रेल लिकमा जंगली जनावर आएको कारण नै रेल अवरुद्ध भएको हो ।

रेलमा रहेका मिडिया कर्मचारीहरुलाई अर्काे रेलबाट नयाँ दिल्ली ल्याइएको थियो । शनिबार बिहान वराणसीबाट दिल्लीका लागि छुटेको ट्रेन २०० किलो मिटर अगाडिनै रोकिएको थियो । लिक मिलाइ सकेपछि पुन: रेल सञ्चालनमा आएको बताइएको छ । उक्त रेल आइतबारबाट सर्वसाधारणका लागि सुरु गरिने भएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.