भारतका पूर्वअर्थमन्त्रीलाई भ्रष्टाचारको अभियोग

रिपोर्ट नेपाल | 2018 Jul 20 | 07:52 am 1917

नयाँदिल्ली, साउन ४: भारतका पूर्वअर्थमन्त्री पि चिदम्बरमलाई भ्रष्टाचारको अभियोग लागेको छ ।

प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतासमेत रहनु भएका चिदम्बरमलाई अर्थमन्त्री भएका बेला राज्य शक्तिको दुरुपयोग गरेको र खरबौको आर्थिक घोटाला प्रकरणमा संलग्न भएको अभियोग बिहीबार लगाइएको हो ।

उहाँलाई लगाइएको आरोपप्रति उनी संलग्न रहेको काँग्रेस पार्टीले खेद व्यक्त गरेको समाचारमा जनाइएको छ । अब यो विषय अदालत समक्ष पुगेकाले यसको अब त्यतैबाट निरुपण हुने सरकारी अधिकारीहरुले जनाएका छन् ।

अदालतको विषय भइसकेकाले यस बारेमा अझ धेरै बोल्न र टिकाटिप्पणी गर्न नहुने उनीहरुको भनाइ छ । काँग्रेस नेतृत्वको गठबन्धन सरकारमा चिदम्बरम दुई पटक अर्थमन्त्री बनेका थिए भने एक पटक गृहमन्त्री पनि बनेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.