भाउजूको हत्या अभियोगमा देवर पक्राउ

रिपोर्ट नेपाल | 2020 Sep 30 | 08:57 am 2097

लमजुङ, असाेज १४ः नातामा भाउजूपर्ने महिलाको हत्या गरेको अभियोगमा  प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गिलुङका ५७ वर्षीय बिलबहादुर विक रहेका छन् ।

उनले क्होलासोंथर गाउँपालिका–९ गिलुङकी ५९ वर्षीया बुद्धिमाया विकको हत्या गरेको आरोपमा हत्या भएको २३ दिनपछि उनका देवर नाता पर्नेलाई पक्राउ गरिएको प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाले बताए ।

बिलबहादुरसँगको सोधपुछमा भदौ २० गते राति करिब ९ बजे भाउजू बुद्धिमायालाई टाउकोमा दाउरा प्रहार गरी हत्या गरेको स्वीकार गरेका थिए ।

प्रहरीका अनुसार जग्गासम्बन्धी विवादमा एकल महिला बुद्धिमायालाई बिलबहादुरले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बिलबहादुरलाई सोमबार जिल्ला अदालतबाट २० दिनको म्याद थप गरेर थप अनुसन्धान थालिएको लमजुङ प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.