डोल्पा, फागुन २७: यही फागुन महिनाको पहिलो साताबाट फैलिएको भाइरल इन्फ्लुएञ्जा ए को कारण डोल्पामा दुई जनाको मृत्यु भएको छ।
जिल्लाको डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ करेलीकाँडामा फैलिएको भाइरल इन्फ्लुएञ्जा ए को कारण दुई जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका १ करेलीकाँडाका ४० वर्षीय हंशलाल बोहरा र ७० वर्षीय चंखलाल बोहरा रहेका छन् ।
उनीहरुको भाइरल इन्फ्लुएञ्जा ए का कारण मृत्यु भएको स्थानीय रणबहादुर बुढाले बताए।
बुढाका अनुसार भाइरल ज्वरो आएर विमारी भएको झन्डै दुई सातापछि उनीहरुको मंगलबार मृत्यु भएको जानकारी दिए।
करेलीकाँडामा अझै पनि भाइरल ज्वरोका धेरै विमारी प्रभावित भएको उनले बताए।