भाइटीका लगाउँदा कुन दिशा फर्किने?

| 2023 Nov 15 | 07:58 am 1453

काठमाडौँ, कार्तिक २९।बुधबार भाइटीकाको मुख्य साइत १०:५१ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

टीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्किनुपर्ने समितिले जनाएको छ। ‘यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन्’, समितिका सदस्य तथा धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले भने, ‘शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ।’

सनातन धर्मकर्ममा सामान्यतय पूर्व वा उत्तर फर्किनुपर्ने मान्यता छ।

नेपाली समाजमा कार्तिक शुक्ल द्वितीयामा दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने चलन छ।

(न्युज अफ नेपालबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.