भाइटीकाको भोलीपल्ट उपस्थित हुनेगरी भिटेन रिहा

| 2019 Oct 26 | 07:33 am 1917

काठमाडौं, कात्तिक ९: चर्चित र्‍यापर समिर लामा ‘भिटेन’ प्रहरी हिरासतबाट रिहा भएका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले भिटेनलाई बुवाको जमानीमा रिहा गरेका हुन् ।

उनलाई भाइटीकाको भोलिपल्ट ललितपुर प्रहरी परिसरमा हाजिर हुने गरी शुक्रबार साँझ रिहा गरिएको हो । ललितपुर प्रहरी परिसरका अनुसार भिटेनलाई उनकै बुबाको जमानीमा रिहा गरिएको जानकारी दिए ।

उनलाई ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा अश्लील शब्द प्रयोगका साथै गाँजा खान उक्साएको आरोप लगाइएको थियो।

म्युजिक भिडियोमा प्रहरीको बर्दी प्रयोग गरेर गाँजासमेत खाएको दृश्य देखाइएपछि भिटेनलाई बुधबार झम्सिखेलबाट प्रहरीले नियन्त्रणमा लिइएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.