भलिबल संघ जापानको तेस्रो रनिङ कप सञ्चालन हुने

| 2021 Nov 04 | 04:48 pm 2069

थम्मन थापा बागलुङ कात्तिक १८ः स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल” भन्ने मूल नाराका साथ भलिबल संघ जापानले डिसेम्बर १५ मा जापानमा तेस्रो रनिङ कप भलिबल प्रतियोगिता(२०२१ खेल संचालन हुने भएको छ । नेपालको राष्ट्रिय खेलको संरक्षण सम्वर्धन र खेल मार्फत युवा पिढीमा अनुशासनको विकास गर्दै प्रवासमा भलिबल खेल प्रतियोगितालाई नियमितता दिने उद्देश्यले आयोजित हुन लागेको सो प्रतियोगिता सञ्चालनको लागि आवश्यक तयारी तिव्ररूपमा भैरहेको प्रतियोगिता मूल आयोजक समितिको कार्यक्रम समयोजक रत्नसिंह बस्नेतले जानकारी दिए ।

सो खेल प्रतियोगिता सञ्चालन गर्नका लागि विभिन्न उप समिति गठन गरि जिम्मेवारी बाँडफाँडका साथ प्रतियोगिताको तयारी भैरहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार ३ लाख, द्वितीय पुरस्कार २ लाख र सेमीफ़ाइनलिश्ट दुवै समुहलाई सान्त्वना पुरस्कार स्वरूप ५०/५० हजार रकमको पुरस्कार प्रदान गरिने बताईएको छ । यसका साथै प्रतियोगितामा ५ बिधागत रूपमा समेत खेलाडीलाई पुरस्कार प्रधान ग़रिने छ । जसमा वेष्ट प्लेयर,वेष्ट स्पिकेर, वेष्ट डिफ़ेण्डेर, वेष्ट ब्लकर र वेष्ट कोचलाई पनि पुरस्कार प्रदान गरिने बताईएको छ । प्रतियोगितामा अफिसियल सहित १२ खेलाडीको सहभागिता रहन सक्ने र खेल प्रचलित fivb को नियम अनुसार नकआउट सिस्टममा नेपाली रेफ्री द्वारा संचालन गरिने बताईएको छ ।

साईतामा केनको टोडा स्पोर्टस् सेन्टरमा (1286 Niizo, Toda City, Saitama Prefecture 335-0021) मा बिहान ९ बजे देखि खेल संचालन हुने समेत बताईएको छ । प्रतियोगिताको खेलमा सहभागिताको लागि प्रवेश शुल्कको रूपमा प्रति समुह ४० हज़ार तोकिएको छ।

प्रतियोगिता सञ्चालनका लागि कार्यसमितिका आवश्यक रकम संकलनको लागि स्वइच्छिक रकम प्रदान गर्ने दातामार्फत र कार्यसमितिका सम्पूर्ण सदस्यबाट आर्थिक व्यवस्थापन गरिने र सोहि दिन जापानमा भलिबल खेलको स्तरवृद्विमा योगदान पुर्याउने पूर्व भलिबल खेलाडी र यस क्षेत्रमा सहयोग तथा योगदान गर्ने अग्रजलाई सम्मान गरिने पनि कार्यक्रम संयोजक बस्नेतले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.